आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०८१



  • बिनिता आचार्य,काठमाडौ ।  प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जनालाई पक्राउ  गरेको छ ।

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित अछाम मंगलसेन नगरपालिका-५ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यसैगरी कैलाली  जिल्लाको धनगढी उपमहानगरपालिका-६ जंगल रिसोर्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय दिल बहादुर चौधरी र २६ वर्षीय आशाराम चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    सुनसरी  जिल्लाको हरिनगर गाउँपालिका-१ चप्राहीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २० ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ दास टोल बस्ने २० वर्षीय प्रकाश कुमार दास र २२ वर्षीय रितेश कुमार मण्डल रहेका छन् । प्रहरी चौकी भुटाहा समेतबाट खटिएको प्रहरीले को.३८ प ३४९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    यसैगरी सुनसरी  जिल्लाको कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४३ ग्राम ६ सय ४० मिलिग्राम सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका- २ बस्ने २६ वर्षीय मनिष चौधरी, धरान उपमहानगरपालिका-१७ बस्ने २८ वर्षीय बेगराज लिम्बु, ३४ वर्षीय सागर राई, रामधुनी नगरपालिका-५ बस्ने २६ वर्षीय बिज्ञान साह र सोही नगरपालिका-९ बस्ने १६ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    दाङ  जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१७ स्थित फोर्टिनाइन चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम र ३ थान मोबाइल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सुधन नेपाली र २८ वर्षीय बिरन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाइ उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    सर्लाही जिल्लाको  बागमती नगरपालिका-१२ बथाने टोल बस्ने ७६ वर्षीय मान बहादुर बललाई अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी सर्लाही  जिल्लाको ईश्वरपुर नगरपालिका-१२ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो २ सय १० ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम-१७ बस्ने ३० वर्षीय शम्भु कुमार कुशवाहा र सीतामाढी सोनवर्षा थाना पञ्चायत ईनरवा सोहरवा ग्राम- १६ बस्ने २५ वर्षीय संजय ठाकुर शर्मा रहेका छन् । अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारीबथान र इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले ज.१२ प ९०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

    रूपन्देही  जिल्लाको तिलोत्तमा नगरपालिका-४ डिङ्गानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-११ कालिकानगर बस्ने ३२ वर्षीय सिद्धान्त गुरूङ, २२ वर्षीय सन्दिप नेपाली र तिलोत्तमा नगरपालिका-४ बस्ने ३४ वर्षीय युकेन थापा रहेका छन् । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा बुटवल उपमहानगरपालिका-११ बाट सोही उपमहानगरपालिका-८ सुख्खानगर बस्ने १८ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ३० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।

    यसैगरी रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-११ भगवती टोलस्थित मेडिकल पसलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय ७० ट्याब्लेट सहित पसलका संचालक सोही उपमहानगरपालिका-११ देवीनगर बस्ने ४० वर्षीय सरोज भन्ने सर्जु चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त मेडिकल पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

    पर्सा  जिल्लाको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय २० ग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना रक्सौल नगरपंचायत बस्ने ४८ वर्षीय अमित कुमार श्रीवास्तव, ३७ वर्षीय कृष्णा कुमार, ३८ वर्षीय सधिर कुमार कुश्वाहा र २७ वर्षीय राजा कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०६ डीई ०००७ नम्बरको स्कारपियोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    झापा  जिल्लाको अर्जुनधारा नगरपालिका-११ स्थित कान्तिपुर ड्राईभिङ सेन्टर छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ अन्नपूर्ण चोक बस्ने ३२ वर्षीय बिकी साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-१ विशालनगर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सतिस कुमार सोनी र २६ वर्षीय आकास वढई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे.८ प ८७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालयका प्रबक्ता DIGP दिनेश आचार्यले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij