आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली र मोदीबिच आज भेटवार्ता हुँदै

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्याण्डको बैंककमा भेटवार्ता गर्दै हुनुहुन्छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि बैंकक पुग्नुभएका दुई नेताबिचको भेटवार्ता आज अपरान्ह ४ बजेका लागि तय भएको हो । भारतीय प्रधानमन्त्री मोदी बसेको बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा भेटघाट हुनेछ ।

    स्रोतका अनुसार करिब २० मिनेट चल्ने भेटमा नेपाली पक्षबाट प्रधानमन्त्री ओलीका साथै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अर्का सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई सहभागी हुनुहुनेछ ।

    बिमस्टेकको शिखर सम्मेलन पनि आजै हुनेछ । सम्मेलनमा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij