आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन

  • प्रकाशित मिति : सोमवार, चैत्र २५, २०८१



  • एजेन्सी । मोरक्कोका हजारौं बासिन्दाले देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् । प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए ।

    प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।

    मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् । यो प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एण्ड अगेन्स्ट नर्मलाइजेसनले धेरै स्थानीय मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो ।

    इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । पछिल्लो पटकको आक्रमण यता इजरायलले हालसम्म १ हजार ३३५ प्यालेस्टिनीहरूको हत्या गरेको छ । ३ हजार २९७ जना घाइते भएका छन् ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij