आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द

  • प्रकाशित मिति : सोमवार, चैत्र २५, २०८१



  • काठमाडौँ । बिहेमा बेहुलाको जुत्ता लुकाउने परम्परालाई निकै रमाइलो मान्ने गरिन्छ । खासगरी बेहुलाको सालीले जुत्ता लुकाउने र त्यसबापत रकम माग्ने प्रचलन छ ।

    यही परम्पराका कारण एउटा बिहे रद्द भएको छ । शनिबार भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित नजीबावाद निवासी खुर्शीदकी छोरीको विवाह थियो । देहरादुनमा सैलुन सञ्चालन गर्दै आएका मोहम्मद साबिरसँग खुर्शीदकी छोरीको विवाह हुँदै थियो ।

    सोही क्रममा बेहुली पक्षले बेहुलाको जुत्ता लुकाइदिए । जुत्ता फिर्ता दिनका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरे । बेहुलाले ५ हजार रुपैयाँ दिने जनाए ।

    यही विषयमा बिस्तारै विवाद बढ्न थाल्यो । रमाइलो मानिने यो परम्परा आखिर तनावमा परिणत भयो । बेहुला पक्षका अनुसार बेहुली पक्षले बेहुला र जन्तीमाथि कुटपिट गरे।

    बेहुली पक्षले भने बिहेमा बेहुला पक्षबाट कारको माग गरिएको आरोप लगाएको छ । विवाद बढेपछि प्रहरीलाई खबर गरियो । प्रहरी कार्यालयमा दुवै पक्ष पुगे ।

    त्यसपछि दुवै पक्ष विवाह नै रद्द गर्ने निष्कर्षमा पुगे । यो निर्णयसँगै बेहुला र जन्ती बेहुलीविना नै फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij