आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजतन्त्र कुनै हालतमा फर्किदैन: प्रधानमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २६, २०८१



  • सिरहा। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।

    सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएको र देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे।

    ‘हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ। मधेसका समस्याहरु मलाई बढी थाहा छ। तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु।’

    प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने बताए।

    ‘तपाईँहरु ढुक्क हुनुस्। राजतन्त्र कुनै हालतमा फर्कँदैन। एमाले र कांग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ।’, उनले भने, ‘यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरु अब थाके। यो मजबुद सरकार हो।’

    अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताए। कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरुसहित तथा अन्य पार्टीबाट समेत गरी करिव पाँच सय जनालाई अध्यक्ष ओलीले प्रवेश गराए।

    उद्घाटनसत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिए।

    अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको शहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए। उनले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij