प्रकाशित मिति : बुधबार, चैत्र २७, २०८१
काठमाडौं । विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा तत्कालै राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।
राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था छ ।
‘तर, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत इजाजत पत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन्,’ नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको निर्देशनमा उल्लेख छ ।
यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजत पत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने छ ।
त्यसैगरी आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij