आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैन : अध्यक्ष दाहाल

  • प्रकाशित मिति : शनिबार, चैत्र ३०, २०८१



  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनुभयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी)ले कति हत्या ग¥यो भन्नेकुरा अध्ययन गर्न सकिने बताउनुभयो ।

    अध्यक्ष दाहालले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले १७ हजार मानिस प्र्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताउनुभयो । उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनुभयो ।

    अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाउनुभयो । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उहाँको असन्तुष्टि छ । उहाँले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताउनुभयो ।

    अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरुलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताउनुभयो । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्नेकुरा भन्न डराउन नहुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij