आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जीवन भोगाइ र अनुभवको लिखित संगालो नै पुस्तक हो : पूर्वप्रधानन्यायाधीश कार्की

  • प्रकाशित मिति : शनिबार, चैत्र ३०, २०८१



  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताउनुभयो । उहाँले आमनेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरु लेख्न सकिने बताउनुभयो ।

    पूर्वप्रधानन्यायाधीश कार्कीले पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको बताउनुभयो । उहाँले गाउँ सेवा नै देशको सेवा भनेर पुस्तकमार्फत लेखक पाण्डेले प्रश्तुत गर्नुभएको बताउनुभयो ।

    पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय भएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij