आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्रीको दाबी-‘निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ’

  • प्रकाशित मिति : मङ्लबार, बैशाख २, २०८२



  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौँ बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेकी थिइन् ।

    जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् ।

    ‘कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौँ बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईँलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’ भन्दै सांसद गौतमले प्रश्न गरेकी थिइन् ।

    यो विषयलाई सरकारले प्राथमिकतामा नराखेको आशंका सांसद गौतमको छ । उनी अगाडि सोध्छिन्, ‘न्याय दिलाउने जिम्मेवारीबाट सरकार पन्छिन खोजेको हो ? निर्मला पन्तको हत्या प्रकरणलाई अन्त्य गरेर दोषीलाई कानुनी कठघरामा उभ्याउने साहस कहिले देखाउनुहुन्छ, मन्त्रीज्यू ?’

    जवाफमा गृहमन्त्री लेखक लेख्छन्, ‘गृह मन्त्रालय र अन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित रहेर निस्पक्षमूलकढंगबाट अनुसन्धान गर्ने गरी परिचालन गरिएको छ । त्यसैले प्रस्तुत अपराधमा सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको छ ।’

    १० साउन २०७५ मा कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरुद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो ।

    तर, अझैसम्म यो विषयको वास्तविकता थाहा लाग्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij