प्रकाशित मिति : आइतवार, बैशाख ७, २०८२
काठमाडौं। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णयहरुको विरोधमा देशभर प्रदर्शन गरिएको छ। प्रदर्शनलाई पचास राज्य, पचास विरोध, एक आन्दोलनको नाम दिइएको छ।
विरोधका लागि देशभर हजारौं मानिस सडकमा उत्रिएका छन्। ह्वाइट हाउस र टेस्ला डिलरशिप बाहिर र धेरै शहरका केन्द्रहरूमा प्रदर्शनकारी भेला भएर राष्ट्रपतिका पछिल्ला निर्णयहरुको विरोध गरेका हुन्।
प्रदर्शनकारीहरुले एल साल्भाडोरमा निर्वासित गरिएका किल्मार आब्रेगो गार्सियालाई फिर्ताका लागि आह्वान गरेका छन्।
अमेरिकामा राजनीतिक विरोध प्रदर्शनहरू सामान्य हुँदै गएका छन्। सर्वेक्षणहरूले ट्रम्पको लोकप्रियता घट्दै गएको संकेत गरेको बीबीसीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij