प्रकाशित मिति : आइतवार, बैशाख ७, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा निषेधाज्ञा तोड्ने भएको छ । गत साता सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौँको नयाा बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न खोजेको हो ।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री डा. धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाइको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
तर गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति जानकार रहेको भन्दै कानून उल्लंघन नगर्न चेतावनी दिएको छ ।
गृहको चेतावनीलाई उसले हाँस्यास्पद भने पनि गृह पनि संविधान र कानूनको सबैले पालना गर्नुपर्ने भन्दै कठोर हुन बाध्य नपार्न चेतावनी दिएको छ । तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने सय भन्दा बढी घाइते भएका थिए ।
राप्रपाले मध्यान्ह १२ बजे बिजुलीबजार पुलमा भेट्न सबैलाई भनेको छ । राप्रपाको यो आन्दोलनमा राजावादीहरुको साथ रहने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij