आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

४० वर्षमुनिका युवालाई काठमाडौंमा उतार्न एमालेको निर्देशन

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०८२



  • सत्तारूढ नेकपा (एमाले) ले वैशाख ११ गते युवाहरूलाई काठमाडौं उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ।

    वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर एमालेले युवा उत्सव आयोजना गर्न लागेको हो।

    उक्त दिन ठूलो संख्यामा युवा सहभागिता देखाउन एमालेले क्लस्टर नै छुट्टयाएर मातहतका कमिटीलाई निर्देशन दिएको छ।

    एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ। वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो।

    त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन्। जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन पठाएका छन्।

    स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौं आउन भनिएको छ।

    बागमती प्रदेशको हकमा भने अलग्गै निर्देशन छ।

    २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पार्टीका तर्फबाट उमेद्वार भएका समेतलाई युवा महोत्वसमा सहभागी हुन निर्देशन दिइएको छ।

    जनसंगठनहरूका केन्द्रीय कमिटीका सदस्यहरू र सबै महासंघहरूको घटक संगठनमा आबद्ध सदस्यहरूलाई पनि अनिवार्य उपस्थित हुन भनिएको एमालेले बताएको छ।

    सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्षमुनिका युवालाई पनि सहभागिताको निम्ति निर्देशन दिइएको छ।

    युवाहरूलाई काठमाडौं ल्याउने र लैजाने कार्यको संयोजन गर्न पार्टी जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको परिपत्रमा उल्लेख छ।

    कतिपय वडामा तोकिएको युवा संख्या कथम कदाचित पुगेन भने सम्बन्धित पालिकाको अन्य वडाबाट पूर्ति गर्न सकिनेछ तर तोकिएको कूल संख्यामा घटाउन नमिल्ने एमालेको निर्देशन छ।

    ‘मुलुकलाई अस्थिरतामा लैजान खोज्ने दशकौंको बलिदानी संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने, जनताका अधिकार खोस्न खोज्ने तत्त्वलाई फेरि टाउको उठाउन नसक्ने गरी पराजित गर्न, युवालाई लोकतन्त्रप्रतिको गौरवबोध गराउन उपरोक्त कार्यक्रममा योजनाबद्ध रूपमा सक्रिय सहभागिताका लागि संयोजन र कार्यान्वयन गर्न/गराउनुहुन निर्देशन गरिन्छ,’ महासचिव पोखरेलले परिपत्रमा भनेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij