आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजसंस्था पुनर्स्थापना समितिको संयोजकमा पुन: सुवेदी

  • प्रकाशित मिति : मङ्लबार, बैशाख ९, २०८२



  • काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजकमा पुन: नवराज सुवेदी तोकिएका छन् ।

    सुवेदीलाई मंगलबारबाट पुन: संयोजकको रुपमा जिम्मेवारी तोकिएको समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् ।

    यसअघि गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सुवेदी प्रहरीको निगरानीमा घरमै रहेका थिए । उनको घरमा आजबाट प्रहरीले निगरानी छाडेको छ ।

    यसबीचमा जगमान गुरुङलाई संयोजक बनाइएको थियो ।

    १५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु र प्रहरीको गोलीबाट २० जना घाइते भएका थिए ।

    त्यसक्रममा सार्वजनिक र निजी सम्पत्ति जलाइएका थिए । प्रहरीले अनुसन्धानका क्रममा राप्रपा नेता रवीन्द्र मिश्र, जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ गरेको थियो ।

    सुवेदीलाई भने घरमै निगरानीमा राखिएको प्रहरीले बताएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij