आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्णबहादुर खड्काले भने-‘सरकारका कमजोरीलाई नदोहोर्‍याउने संकल्पसहित छलफलमा छौँ’

  • प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०८२



  • काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा भएका कमजोरीलाई नदोहोर्‍याउने संकल्पसहित छलफलमा रहेको बताएका छन् ।

    प्रवासी नेपालीबारे सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिकाबारे छलफलमा बोल्दै जिम्मेवारी लिएको कुनै पनि मान्छेले सत प्रतिशत काम गर्न नसक्ने बताए ।

    उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा पार्टीको सुधार प्रक्रियामा अगाडि, सरकारमा सहभागी छौँ । त्यसलाई सुधारको प्रक्रियामा छौँ । सरकारमा भएका कमजोरीलाई नदोहोर्‍याउने संकल्पसहित छलफलमा छौँ । काम गर्न ढिलो भएको छ द्रुत गतिमा अगाडि बढाउन लागिरहेका छौँ । मन्त्रीहरूले काम गरिराख्नुभएको छ । जिम्मेवारी लिएको कुनै पनि मान्छेले सत प्रतिशत काम गर्न सक्दैन ।’

    उनले पार्टीबाहिर भएकाहरूले सरकारमा गएका मन्त्रीहरूको आलोचना गर्ने प्रवृत्ति पार्टीमा विगतदेखि नै चल्दै आएको बताए ।

    उनले थपे, ‘म धेरै पटक मन्त्री भइसकेको छु । काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू एक ठाउँमा नभएकाहरू केही महिनामा मन्त्रीहरूले काम गर्न सकेनन् भन्न थाल्छन्, यो अहिलेको कुरा होइन ०४८ सालदेखिकै हो । घटनाक्रम हेर्नुस् न ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij