आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतले पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा हवाई हमला सुरु गर्‍यो

  • प्रकाशित मिति : बुधबार, बैशाख २४, २०८२



  • काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका नौवटा आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । भारतीय सेनाले बुधबार राति करिब १:३० बजे ‘अपरेशन सिन्दूर’ नामक विशेष कारबाही अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा लक्षित आक्रमण गरेको हो ।

    सैन्य स्रोतहरूका अनुसार, यिनै स्थानहरूबाट भारतमा भएका विभिन्न आतङ्कवादी आक्रमणहरूको योजना बनाइएको थियो र ती योजना यहींबाट कार्यान्वयन गरिएको थियो । भारतको रक्षा मन्त्रालयले औपचारिक रूपमा प्रतिक्रिया नजनाए पनि भारतीय सञ्चारमाध्यम दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टको हवाला दिँदै बहावलपुरस्थित एक आतङ्कवादी शिविरमा कम्तीमा ३० जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

    पाकिस्तानी सेनाको सञ्चार निकाय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनले घटनालाई “गम्भीर उक्साहट” को संज्ञा दिँदै पाकिस्तान आवश्यक सुरक्षा जवाफका लागि तयार रहेको बताएका छन् ।

    यस घटनाले भारत–पाकिस्तान सम्बन्धमा पुनः तनाब चुलिने संकेत देखिएको छ । भारतले पहलगाममा भएको आक्रमणपछि प्रतिशोधस्वरूप कारबाही गरेको बुझिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरिरहँदा दुवै देशबीचको बढ्दो सैन्य गतिविधिले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता थप्न सक्ने विश्लेषण गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij