शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गोर्खा ग्रुप द्वारा संचालीत भिक्टोरिया ईन्टरनेशनल कलेजको Victoria Journal of Management बिमोचन  कार्यक्रम सम्पन्न {फोटो फिचर}

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १, २०८२



  • बर्षात ओली,घोराही दाङ। गोर्खा ग्रुप द्वारा संचालीत भिक्टोरिया ईन्टरनेशनल कलेज घोराही दाङको आयोजनामा Victoria Journal of Management बिमोचन  कार्यक्रम सम्पन्न भएको छ ।

    Victoria Journal of Management बिमोचन कार्यक्रम गोर्खा ग्रुपका कार्यकारी प्रमुख {CEO}  नवल जि एमको अध्यक्षतामा भएको थियो, कार्यक्रमको प्रमुख अतिथि पोखरा बिश्व बिद्यालयका प्रोफेसर डाक्टर भरत राम ढुँगाना हुनुहुन्थ्यो भने,कार्यक्रमका बिशिष्ट अतिथि गोर्खा ग्रुपका अध्यक्ष बिष्णु प्रसाद घर्ती मगर हुनुहुन्थ्यो /

    कार्यक्रमका  प्रमुख अतिथि प्रोफेसर डाक्टर भरत राम ढुँगानाले  शिक्षण र रिसर्चको आबस्यकता छ पढाएर मात्रै हुँदैन रिसर्च गरेर मात्रै समयानुकूल अगाडी बढनु पर्छ अब पुरानो परम्पराले चल्दैन अब सामान्य कुराबाट रिसर्च गरेर अघि बढ्यो भने मात्रै पढाईको अर्थ हुने छ, ठाउँ अनुसारको जे कुरामा गरे पनि रिसर्च गर्दै अघि बढन जरुरी छ।स्थानीय सरकार लगायतका अन्य क्षेत्रमा रिसर्च गर्नुपर्ने कुरामा जोड दिनुभयो।

    कार्यक्रमका बिशिष्ट अतिथि गोर्खा ग्रुपका अध्यक्ष बिष्णु प्रसाद घर्ती मगरले लाहुरेहरुले चलाएको गोर्खा ग्रुपले शिक्षा र स्वास्थ क्षेत्र काम गर्दै आएको र आफुहरुको क्षमताले भ्याएसम्म सधैं गरिरहने ईच्छा व्यक्त गर्नु भएको छ। उहाँले बिद्यार्थी भाइ बहिनीहरुलाई बिदेश नजान आग्रह गर्नुभयो । आफू बेलायतको सैनिक जिबनबाट सेवा निबृत भै ४० बर्ष त्यहाँ बिताउँदा समेत सधै शरणार्थी जस्तो महशुस भएकोले आफ्नै देशमा फर्किएर केही गरौं भन्ने धारणा जागेकोले, उहाँले आफू बाँचुन्जेल सधैं समाजमा सकारात्मक काम गरि देश जनताका लागि केही गर्ने ईच्छा रहेको बताउँनु भएको छ ।

    कार्यक्रमका सभापति गोर्खा ग्रुपका कार्यकारी प्रमुख  {CEO}  नवल जि एम ले पहिलो जर्नल हो राम्रो मेहनत गरेर अगाडि बढौ संस्था लगायत मेरो सधैं पुर्ण रूपमा साथ रहने छ सबैले आ आफ्नो क्षेत्रमा काम गर्न आग्रह गर्नु भयो । सामान्य जीवन यापन गर्नका लागी त जस्ले पनि गर्छ तर पढेर शिक्षाको ज्योति फैलाउन गरौं पढेर शोषण होइन सहयोगमा जुटन पढेलेखेकाहरुलाई आग्रह गर्नु भयो।

    जर्नल बिमोचनमा प्रमुख अतिथि भरत राम ढुँगाना,गोर्खा ग्रुपका अध्यक्ष बिष्णु प्रसाद घर्ती मगर,गोर्खा ग्रुपका कार्यकारी प्रमुख {CEO} नवल जि एम त्रिभुवन बिश्व बिद्यालयका पुर्ब प्राध्यापक तारा खड्का,भिक्टोरिया कलेजका प्रमुख कुलबिर चौधरी सहभागी हुनुहुन्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij