प्रकाशित मिति : मङ्लबार, असार ३, २०८२
बिनिता शर्मा,काठमाडौ । लुम्बिनी प्रदेशका DIGP भट्टद्वारा जि प्र का पुर्बी रुकुमको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख DIGP राजेन्द्र प्रसाद भट्टले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिनुभएको छ।



लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, भौगोलिक अवस्था, समस्या तथा चुनौती लगायत कोरोना भाईरस नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन DIGP भट्टले निरिक्षण गर्नुभएको हो ।




निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै DIGP भट्टले बद्लिदो परिस्थिति अनुरुप आम नागरिकमा प्रहरी प्रतिको विश्वास एवं अपेक्षामा समेत वृद्धि हुँदै गएकाले प्रहरीले समेत नागरिकलाईनै केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।
निरीक्षण कै क्रममा कार्यालय परीसरमा DIGP भट्टले कपुरको बोट बृक्षारोपन गर्नुभएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij