आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भिजिट भिसा प्रकरणमा अख्तियारले फेला पार्‍यो आजसम्मकै ठूलो प्रमाण

  • प्रकाशित मिति : बिहिबार, असार ५, २०८२



  • काठमाडौं—भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियारले आजसम्मकै ठूलो प्रमाण फेला पारेको छ । अख्तियारले नियन्त्रणमा लिएका अध्यागमन प्रमुख तथा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको डायरीबाट नक्कली कागजात बनाएर भिजिट भिसामार्फत विदेशिनेहरूको नामावली र उनीहरूबाट संकलित मोटो रकमको विवरण भेटिएको हो । डायरीमा मेन पावर कम्पनी, ट्राभल एजेन्सी र कर्मचारीको विवरणसमेत उल्लेख छ ।

    स्रोतका अनुसार, भट्टराईको डायरीमा भिजिट भिसामा जानेहरूको नामावलीका साथै उनीहरूलाई पठाउने मेन पावर कम्पनी, ट्राभल एजेन्सी र विमानस्थलमा समन्वय गर्ने कर्मचारीको विवरणसमेत उल्लेख छ । अख्तियारले गत जेठ ७ गते अध्यागमन कार्यालयमा छापा मारी भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा आवश्यक कागजात र मोबाइलसमेत जफत गरी अनुसन्धान अघि बढाइएको थियो ।

    यो प्रकरणमा विगत लामो समयदेखि त्रिभुवन विमानस्थलबाट नक्कली कागजात बनाई भिजिट भिसामा मानिस पठाउने धन्दामा अध्यागमनका कर्मचारीकै संलग्नता देखिएको अख्तियारले जनाएको छ । यस घटनामा गृहमन्त्रालयकै उच्च तहका कर्मचारीदेखि गृहमन्त्री रमेश लेखककै समेत संलग्नता रहेको आरोप लागेको छ । गृहमन्त्री लेखककै सचिवालयमा रहेका कर्मचारी समेत यसअघि भिजिट भिसा प्रकरणमै अनुसन्धानको दायरामा आएका थिए । ती कर्मचारीलाई फेरि आफ्नै सचिवालयमा राखेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको हो।

    यस प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएका छन् । गत जेठ १३ गतेदेखि सदन अवरुद्ध हुँदै आएकोमा, नेकपा (माओवादी केन्द्र) ले भने सत्तारुढ दलहरूसँग सहमति गरी सदन सुचारु गर्न सहमत भएको छ । यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका अन्य प्रतिपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामाको माग गर्दै संसदमा अवरोध कायमै राखेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij