आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रहरीद्वारा दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ

  • प्रकाशित मिति : सोमवार, असार २३, २०८२



  • प्रहरीले दाङमा  दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    बाघको छालाको अवैध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
    शनिवार दिउँसो प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमान्डमा खटिएको प्रहरी कार्यालय टोलीले आइतबार बिहान करिब २ बजे गढवा गाउँपालिका–६, खवरी गाउँमा छापा मारेको हो ।
    सो क्रममा स्थानीय ४१ वर्षीय विक्रम बुढामगरको घरमा लुकाइछिपाई राखिएको बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको जिल्ला कार्यालय दाङले जनाएको छ ।
    पक्राउ पर्नेहरूमा दाङ राजपुर गाउँपालिका–१, गुरुङ खोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी, बर्दिया बारबर्दिया नगरपालिका–४, पदनाहका ३३ वर्षीय अनिल थारु र घरधनी विक्रम बुढामगर छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij