आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसले थप्यो क्रियाशील सदस्यता नवीकरणको समय

  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०८२



  • नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने समय थप गरेको छ।

    यसअघि असार मसान्तसम्म मात्रै समय दिएको कांग्रेसले सोमबार केन्द्रीय समितिबाट निर्णय गरेर असोज मसान्तसम्म नवीकरणको समय थप गरेको हो।

    महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको समय भदौ मसान्तसम्म थप गर्न प्रस्ताव गरेका थिए तर त्यसमा एक महिना थप गर्दै केन्द्रीय कार्यसमितिले असोज मसान्तसम्मको समय दिएको हो।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेस गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोक्ने केन्द्रीय समितिले निर्णय गरेको हो।

    ‘सो अवधिभित्र पेस नभएका नवीकरणसम्बन्धी नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) गरिने छैन,’ उनले भने।

    क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले पटकपटक आग्रह गर्दै आएको छ। महामन्त्री थापाले आ-आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण गराउनका लागि थप मेहनत गर्न नेताहरूलाई आग्रह गर्दै आएका छन्।

    २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij