शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भण्डारी प्रकरणमा पौडेलको प्रष्टोक्ति- ‘राष्ट्रपति गणतन्त्रको शान हो, दलमा फर्कनु अनुचित’

  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०८२



  • बुटवल । नेकपा (एमाले) भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयमा बहस चर्किरहेका बेला पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले राष्ट्रको सर्वोच्च र गरिमामय पदमा आसीन भइसकेको व्यक्ति पुनः दल विशेषको राजनीतिमा फर्कनु उचित नहुने स्पष्ट पारेका छन् ।

    नेकपा एमाले रुपन्देहीले बुधबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भण्डारीको राजनीतिक पुनरागमनको चर्चालाई बिट मार्ने प्रयास गरे। उनले राष्ट्रपतिलाई ‘गणतन्त्रको शान’ को संज्ञा दिँदै यो एमालेको संस्थागत निर्णय भएको समेत खुलासा गरे । कार्यक्रममा पौडेलले भने, ‘राष्ट्रपति राष्ट्र प्रमुख हो । सिंगो राष्ट्रको राष्ट्रपति जस्तो अभिभारा र संविधानको संरक्षण गर्ने दायित्व पूरा गरेर सेवानिवृत्त भएको पूर्वराष्ट्रपति पुनः राजनीतिमा आउने कुरा उचित हुँदैन । त्यसकारण उहाँले सिंगो राष्ट्रकै अभिभावकको भूमिकामा रहनुपर्छ ।’

    उनले भण्डारी हिजो एमालेको उपाध्यक्ष भए पनि राष्ट्रपति निर्वाचित भएसँगै सिंगो राष्ट्रको व्यक्तित्व बनेको तर्क गरे । पौडेलले थपे, ‘यो निष्कर्षसहित उहाँको पार्टी सदस्यता नवीकरण हुन सक्दैन र गर्न पनि उचित हुँदैन भनेर एमालेले निर्णय गरेको हो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij