मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सात महिनादेखि अलपत्र गौरीघाट पुलले भक्तजनलाई समस्या

  • प्रकाशित मिति : मङ्लबार, साउन १३, २०८२



  • काठमाडौँ, १२ साउन : पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी जाने पुल विगत सात महिनादेखि अलपत्र अवस्थामा । काठमाडौँ महानगरपालिकाले पुल पुनः निर्माणको ठेक्का गरेर काम अघि बढाए पनि विश्व सम्पदा क्षेत्रमा मापदण्ड विपरीत काम गरेपछि पुरातत्व विभागले काम रोकेको हो । जसका कारण देश विदेशबाट आउने भक्तजनलाई गौरीघाटबाट गुह्येश्वरी जान असहज भएको छ । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

    काठमाडौं। पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरी मन्दिर जाने पुल नबन्दा समस्या भएको छ।

    काठमाडौं महानगरपालिकाले ठेक्का गरी पुनर्निर्माणका लागि भत्काइएको सात महिना बितिसक्दा पनि पुलको काम काम अघि नबढेपछि आवतजावतमा समस्या भएको हो। विश्वसम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनर्निर्माण सुरु गरेपछि पुरातत्व विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो।

    विभागका प्रवक्ता रामबहादुर कुँवरले निर्माण व्यवसायीले आधुनिक निर्माण सामग्री राखेर पुल निर्माण गर्न खोजेपछि पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै पुनर्निर्माण रोकिएको बताए।

    त्यसयता काम हुनसकेको छैन। सात महिनादेखि पुल नबन्दा विशेषगरी पशुपति क्षेत्र आउने भक्तजनलाई समस्या भएको छ। विगतमा भएको पुलबाट मोटरसाइकल ट्याक्सीलगायत साना सवारी आवतजावत गर्न सजिलो भए पनि सात महिनादेखि त्यो पनि ठप्प छ। तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीकी स्वस्तिका सिम्खडाले पुल नबन्दा भक्तजनलाई धेरै अप्ठ्यारो भएको गुनासो गरिन्।

    ‘मानिस आवतजावत गर्न फलामको पाता राखिए पनि सुरक्षित छैन। वाग्मतीतिर बार लगाइएको छैन। जसका कारण बाल, वृद्ध र अशक्त अवस्थाका भक्तजनलाई समस्या परेको छ’, उनले भनिन्, ‘निर्माण सामग्री थुपारेका कारण गौरीघाटतिर पानी जमेको छ। जसका कारण पैदलयात्रुले सास्ती खेप्नुपर्छ।’

    गुह्येश्वरीमा बसेर धार्मिक अभियान चलाउँदै आएका धर्मराज बराल विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको एउटा पुल सात महिनादेखि निर्माण नहुँदा धार्मिक उद्देश्य राखेर नेपाल आउने विदेशी पर्यटकलाई निरुत्साहित गर्न खोजिएको बताउँछन्। विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले सरोकार भएका निकायले बेलैमा समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।

    ‘साउन महिनामा पशुपति क्षेत्रमा देश विदेशबाट धेरै भक्तजन आउने गर्छन्। पशुपति क्षेत्रमा महिनाको पनि सोमबार र शनिबार भीड लाग्ने गरेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको यो अवस्था हुनु राम्रो होइन’, बरालले भने।

    पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँटाको संरक्षण नहुँदा चोरी हुने समस्या बढेको स्थानीयको गुनासो छ। सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँटा भेटिए पनि हाल त्यहाँ नभेटिएका स्थानीय अर्जुन लामिछाने बताउँछन्। ऐतिहासिक एवं पुरातात्विक महत्त्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.