प्रकाशित मिति : मङ्लबार, साउन १३, २०८२
काठमाण्डौ। गएराति पनि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ । केही दिन कमजोर रहेको मनसुनी वायु सक्रिय भएपछि अस्ति बेलुकीदेखि पानी पर्न थालेको हो । तर पर्याप्त वर्षा भने हुन सकेको छैन । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै दाङमा ८५.२ मिलिमिटर र बाँकेमा ७१.२ मिलिमिटर पानी परेको छ । मधेशको पर्सा, रौतहटलगायतका ठाउँमा पनि पानी परेको छ ।
तर धान खेतलाई हुने गरी अझै पानी परेको छैन । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij