शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह काँग्रेसमा लाग्नुभयो : प्रधानमन्त्री

  • प्रकाशित मिति : शनिबार, साउन १७, २०८२



  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली काँग्रेसमा लाग्नुभएको बताएका छन् ।

    शनिवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले गणेशमान सिंहलाई भेटेर सघन छलफल गर्न सकेको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने अनुमान लगाए । गणेशमान सिंह शहीद गंगालाल श्रेष्ठका मित्र भएकाले पनि गणेशमानलाई पुष्पलाल श्रेष्ठले सम्मान गर्ने गरेको बताए ।

    पुष्पलाल गंगालालबाट प्रभावित भएर राजनीतिमा लागेको बताए ।

    प्रधानमन्त्री ओलीले भने ‘गणेशमान पुष्पलालका दाजु शहीद गंगालालका साथी हुन् । एकैदिन प्रजा परिषद्को सदस्यता लिएका हुन् । दाजुको साथी भएको हुनाले पुष्पलालले पनि गणेशमानलाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो । पुष्पलाल राजनीतिमा लाग्ने उमेर नहुँदै सर्वस्वसहित जन्मकैद पाइसक्नुभएको थियो, गणेशमान सिंहले । पुष्पलाल गंगालालबाट प्रभावित हो । उहाँले १३—१४ वर्षदेखि नै राजनीति थाहा पाउनु भयो । वामपन्थी राजनीति, देशभक्तिपूर्ण राजनीतिको  समर्थन गर्नुभयो । दाजुको जब हत्या भयो त्यसपछि उहाँले प्रजा परिषद्बाट छिन्नभिन्न भएपछि   नेपाल प्रजातान्त्रिक संघ भनेर गठन गर्नुभयो । पछि नेपाली काँग्रेसको वास्तविकता देखेपछि, बुझेपछि त्यसबाट अलग हुनुभयो । कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँ विपी कोइरालाको बौद्धिकताको प्रभाव अलि भयो । त्यतै जानुभयो ।’

    प्रधानमन्त्री ओलीले अग्रजका पूरा हुन बाँकी सपना पूरा गर्न लाग्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij