प्रकाशित मिति : शनिबार, साउन २४, २०८२
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij