मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

६० जना कोरस राखेर खिचियो विष्णु माझीको तीज गीत, कहिले आउँछ?

  • प्रकाशित मिति : आइतवार, साउन २५, २०८२



  • यो वर्ष तीजलाई लक्षित गरेर दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। तर चलेका गायक/गायिकाका गीतले समेत स्रोता तथा दर्शकलाई निराश बनाइरहेका छन्। यस्तोमा अब धेरैले गायिका विष्णु माझीको तीज गीत कुरिरहेका हुनसक्छन्।

    वर्षमा एकाध गीत गाउने भएकाले उनका गीत सधैं प्रतिक्षामा हुन्छन्। तीज नजिकिँदा धेरैले भन्ने समेत गरेका छन्– ‘विष्णु माझीको गीत नआएसम्म तीज आएजस्तो लाग्दैन!’

    विष्णुले दुई दशकदेखि हरेक वर्ष तीज गीत ल्याउँदै आएकी छन्। तसर्थ यसवर्ष पनि उनले तीज गीत ल्याउने धेरैको विश्वास छ। तर विष्णु माझीको गीतको रेकर्डिङ र भिडिओ छायांकन गुपचुप रूपमा हुने भएकाले यसबारे टिमभन्दा अन्य व्यक्तिलाई खास्सै अत्तोपत्तो हुँदैन।

    स्रोतका अनुसार यस वर्ष पनि केही दिनमै विष्णु माझीको तीज गीत सार्वजनिक हुँदैछ। गीतको भिडिओको छायांकन सकिएर अहिले सम्पादन भइरहेको छ।

    ‘गत बिहीबार दिउँसो र राती भिडिओ छायांकन भएको हो। यसपालि भिडिओमा ६० जना कोरसलाई नचाइएको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘सम्भवतः दुई/तीन दिनमै आउला।’

    प्राप्त जानकारी अनुसार यसवर्ष पनि भिडिओमा गत वर्षकै मोडल ललिता पौडेल छिन्। त्यस्तै, कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। गत वर्षको ‘आइनँ आमा यो तीजमा’, ०८० सालको ‘बलमा’ मा पनि मौसमकै कोरियोग्राफी थियो। त्यसअघि भने विष्णु माझीका धेरै गीत शिव वि.कले कोरियोग्राफी गरेका थिए।

    यसपालि विष्णु माझीको ‘पुतलीको भट्टी भाग २१’ बजारमा आउन लागेको हो। उनले दुई दशक अघिदेखि ‘पुतलीको भट्टी’ नाममा हरेक वर्ष यसको नयाँ भाग ल्याउँदै आइरहेकी हुन्।

    उनका तीज गीत अन्य कलाकारहरूका भन्दा ढिलो सार्वजनिक हुने गरेका छन्। गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत हुने गरेको छ। निर्देशन पनि सुन्दरमणिले नै गर्दै आएका छन्।

    सार्वजनिक रूपमा ‘नदेखिने’ गायिका विष्णुले लोक–दोहोरीसँगै तीज गीतमा आफ्नो छुट्टै छाप छाडेकी छन्। पछिल्ला वर्ष अरू समयमा उनका गीत नआए पनि तीजमा सधैं आउने गरेका कारण यो समय विष्णु थप चासो र चर्चाको केन्द्रमा हुन्छिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Con l'arrivo dell'autunno, molti autori aggiornano il blog e rivedono la struttura del sito personale. Per rendere i contenuti più chiari ed efficaci, vale la pena approfondire il tema. macchie sulle gambe, la sorellina salva Il dettaglio che elimina gli ignorare il calo dopo pranzo? Come scrivere su un quaderno o pubblicare subito online, anche un blog personale nasce da una scelta semplice: seguire l'ispirazione del momento o costruire un ritmo sostenibile. La costanza fa il resto.