आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह

  • प्रकाशित मिति : बुधबार, साउन २८, २०८२



  • काठमाडौं। प्रतिपक्षि दल आम जनता पार्टीका सांसद प्रभु शाहले सरकारको कस्टडिमा रहेको व्यक्तिहरु सुरक्षित नभएको बताएका छन्।

    बुधबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले केहि दिन अघि कैलाली कारागारमा भएको भरत चौधरीको मृत्युको सन्दर्भलाई जोडेर सरकारको कस्टडिमा व्यक्ति सुरक्षित नभएको बताएका हुन्।

    उनले नेपालमा नेताको लुट र भ्रस्टचार मात्र सुरक्षित भएको बताए। उनले सरकारको कस्टडिमा एउटा कैदी बन्दिको हत्या हुन्छ त्यस्को जिम्मा कस्ले लिने भन्दै यस्मा कैदी बन्दि दोषि हो कि सरकारको बेथिती दोषि हो भनेर सरकार सँग प्रश्न गरे। सरकारको कस्टडिमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए।

    ‘देशमा शान्ति सुरक्षा त कायम भएन भएन अब त कारागार समेत मान्छे सुरक्षित भएनन्। सरकारको कस्टडिमा समेत व्यक्ति सुरक्षित नहुने भयो। नेपालमा त हामी हेर्दा एउटा मात्र सुरक्षित छ त्यो हो नेताको लुट र भ्रस्टचार। हिजो विरगन्ज कारगारमा समयमा उपचार नपाएर एक जना कैदी राहुल शाहाको मृत्यु भयो। माथिको आदेशको अभावमा ति व्यक्ति हस्पिटल हुँदा हुँदै पनि मृत्युवरण गर्नु पर्‍यो। केहि लिन अधि दुनियालाई लज्जित हुने कैलाली कारागारमा भरत चौधरीको मृत्यु भयो,’ उनले भने, ‘म सोध्न चहान्छु भरत चौधरीको हत्याको जिम्मा कस्ले लिई दिन्छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij