प्रकाशित मिति : बिहिबार, साउन २९, २०८२
विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड नौ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तोकेको हो।
पोखरेल तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पौडेल नगरपालिकाका योजना शाखा प्रमुख तथा इन्जिनियर हुन्।
थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २७ चैत ०८० मा र हानि–नोक्सानी गरेको अभियोगमा २९ जेठ ०८१ मा दुई मुद्दा दायर भएका थिए। मेयर थापाका साथै पोखरेल र पौडेलले ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थको नोक्सानी गरेको ठहर भएकाे छ।
गत बुधबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आंशिक ठहर तथा हानि–नोक्सानीमा कसुर कायमको फैसला गरेकोमा आज सजाय निर्धारण गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij