शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रहरी बढुवा प्रतिस्पर्धा- ४ एआईजीका लागि ९ र ५ डीआईजीका लागि १२ दाबेदार

  • प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०८२



  • काठमाडौं । नेपाल प्रहरीका आईजीसहित तीन एआईजी आउने १९ दिनभित्र अवकाश हुँदैछन् । संसदमा विचाराधीन नेपाल प्रहरी विधेयक २०८१ संसदको नियमित प्रक्रियाबाट जारी हुने सम्भावना समाप्त प्रायः हुँदा प्रहरीको विद्यमान ऐनअनुसार ३० वर्षे सेवा अवधी पूरा गरी उनीहरू भदौ १८ मा अवकाश हुँदैछन् ।

    आईजीसहित तीन एआईजी गरी चारजना अवकाश हुँदा भदौभित्र त्यति नै संख्याका डीआईजीले एआईजी र एसएसपीले डीआईजी हुने मौका पाउने भएका छन् । यदि संसदमा विचाराधीन अवस्थामा रहेको नेपाल प्रहरी विधेयक २०८१ अध्यादेशबाट जारी भएमा वा प्रहरी सेवा नियमावलीमा संशोधन गरी ३० वर्षे अवधि हटाएमा भने भदौमा हुने रिक्तता टर्ने अवस्था छ ।

    यद्यपि, संसदमा विधेयक नै विचाराधीन रहेको स्थितिमा केही व्यक्तिलाई लक्षित गरी नियमावली मात्रै तलमाथि पर्ने पक्षमा राजनीतिक नेतृत्व देखिएको छैन ।

    आईजी दीपक थापा, एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी भदौ १८ को मध्यरातबाट सेवा निवृत्त हुँदैछन् भने अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल ५६ वर्षे उमेरहद लागेर भदौ १४ को मध्यरात अवकाश हुँदैछन् । उनीहरूको अवकाशपछि अहिले डीआईजी दर्जामा कार्यरत चार अधिकृतले एआईजीमा बढुवा पाउँछन् । असोजसम्म थप एक डीआईजी रिक्त हुँदा पाँच एसएसपीले डीआईजीमा बढुवा पाउँछन् ।

    ४ एआईजीका ९ प्रतिस्पर्धी

    नेपाल प्रहरीको वरिष्ठताअनुसार २०८१ मंसिर र पुसमा एसएसपीबाट डीआईजी बढुवा हुने अधिकृत अब हुने एआईजी बढुवाका दाबेदार हुन् । मंसिरमा बढुवा हुने ‘राअ टोली’ का ४ र पुसका ५ डीआईजी छन् ।

    २०८१ मंसिर मा डीआईजी बढुवा भएका आठमध्ये तीनजना अवकाश भइसके । सोही बढुवामा डीआईजी भएका सिद्धिविक्रम शाह एआईजी भइसकेका छन् । भदौमा रिक्त हुने तीन एआईजीका निम्ति एउटै ब्याचका चार डीआईजी दाबेदार हुन् । त्यसमा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक क्रमशः ५ देखि ८ नम्बरमा बढुवा भएका थिए ।

    यी सबै राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी २०५८ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । अनुसन्धान विभागमा उनीहरू एउटै मिति ९२०५३ पुस ५० मा भर्ना भएका थिए । यीमध्ये राठौर प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखा, चतुर्वेदी मधेस प्रदेश प्रदेश, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख छन् ।

    तर, २०८१ पुस २८ मा डीआईजी बढुवा भएका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि भदौको एआईजी बढुवाको दावेदारी पेश गरिरहेका छन् । यी पाँचैजना नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५४ चैत १८ मा भर्ना भएका हुन् । यसमध्ये कार्की कोशी, भट्ट लुम्बिनी, आचार्य गण्डकी, पौडेल बागमती प्रदेश प्रहरी प्रमुख छन् ।

    ५ डीआईजीका लागि १२ को घम्साघम्सी

    चार डीआईजी एआईजीमा बढुवा भएपछि असोजमा डीआईजी दर्जाका पाँच सीट खालि हुन्छ । त्यसका निम्ति १२ जनाका बीचमा प्रतिस्पर्धा छ ।

    अहिले डीआईजी रहेका सञ्जिव शर्मा दास उमेरहदका कारण अवकाश हुँदा डीआईजीको रिक्त संख्या पाँच पुग्ने हो । उक्त बढुवाका लागि यसअघि डीआईजी बढुवामा छुटेका शारदाप्रसाद चौधरीसहित २०८० वैशाख २४ गते बढुवा नियुक्त एसएसपी टोलीका १० जना दाबेदार छन् । चौधरी भने २०५५ जेठ ७ मा अनुसन्धान विभागमा भर्ना भई २०५८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । हाल उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

    २०८० वैशाख २४ मा बढुवा भएका १० मध्ये हाल ९ एसएसपी सेवामा छन् । ती हुन्, विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी र दीपशमशेर जबरा । त्यही ब्याचका अधिकृत बसन्त रजौरे २०८० मंसिर ६ गते र रमेश बस्नेत २०८० माघ १७ मा एसएसपी बढुवा भएका थिए । उनीहरू पनि अहिलेको डीआईजी बढुवाका प्रतिस्पर्धी हुन् ।

    nepalpress.com bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij