आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली विरोधीसँग नजिकिँदै पूर्वराष्ट्रपति भण्डारी

  • प्रकाशित मिति : आइतवार, भदौ १, २०८२



  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूलाई पार्टी राजीतिमा आउन निषेध गरेपछि एमाले पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी नेताहरूसँग नजिकिँदै गएकी छन् । पार्टी राजनीतिमा फर्कने आफ्नो चाहनामा अध्यक्ष ओली बाधक बनेपछि उनले ओलीविरोधी नेता–कार्यकर्ताको पनि साथ खोजेकी हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग समेत पूर्वराष्ट्रपति भण्डारीले छुट्टाछुट्टै भेट गरेकी छन् । श्रेष्ठ र शाहसँग छुटाछुटै भेट गरेकी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाको ’boutमा छलफल गरेकी छन् ।

    पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले सक्रिय राजनीतिमा रोकेपछि उनी एमाले अध्यक्ष ओली विरोधी नेताहरूसँग नजिकिँदै गएकी छन् । भण्डारीले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेबाट विभाजन भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको समेत साथसहयोग खोजेकी छन् ।

    भण्डारी अब प्रचण्डदेखि नेपालसम्मका नेताहरूसँग भेट्ने योजनामा रहेकी छन् । ओलीविरोधी कम्युनिस्ट नेताहरूसँग भेटघाट गर्दै साना कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने रणनीति भण्डारीको छ । यसका लागि उनले समेत साना कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने चाहना राखेकी छन् । पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका कम्युनिस्ट पार्टीका बीचमा एकताको चर्चा चलिरहेको छ ।

    विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूका बीचमा एकीकरण गर्दै अगाडि बढ्नुपर्ने र एक बलियो कम्युनिस्ट पार्टी बनाउनुपर्ने भण्डारीले आफूनिकटका नेतासँग भन्दै आएकी छन् । एमालेले भण्डारीको सदस्यता नवीकरण नगरेपछि अब उनी मदन भण्डारी फाउन्डेसन मार्फत जिल्ला–जिल्लामा कार्यक्रम लिएर जाने रणनीति बनाउँदैछिन् ।

    काठमाडौंसहित देशैभरि छुटै कार्यालय स्थापना गर्दै समानान्तर रूपमा अगाडि बढ्नेलगायतका योजना निर्माणमा भण्डारी रहेकी छन् । त्यसका लागि उनले आफूनिकटका नेताहरूलाई समेत परिचालन गरेकी छन् । मदन भण्डारी फाउन्डेसनको संगठन देशैभरि रहेको छ । त्यही संगठनबाट उनी नेताहरूसँग भेटघाट गर्दै सर्वसाधारणसँग समेत जोडिने प्रयासमा रहेकी छन् ।

    हालै दुई दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता नवीकरण गरिसकेकी भण्डारीको सदस्यता ‘होल्ड’ मा राख्दै पार्टी राजनीतिमा रोकेको थियो । तर एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले सक्रिय राजनीतिमा होमिएको बताउँदै अब जिल्ला–जिल्लामा पुग्ने जनाएकी छन् । एमालेको प्रदेश, जिल्ला कमिटीको बैठकहरूमा भण्डारीलाई पार्टीले सक्रिय राजनीतिमा रोक्न नमिल्ने भन्दै आवाजसमेत उठ्दै आएको छ ।

    चिया पसलमा पूर्वराष्ट्रपति

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो काठमाडौं शंखमुलस्थित एक चिया पसलमा पुगिन् । युवा उद्यमीले सञ्चालन गरेको नयाँ व्यवसाय, उनीहरूका समस्या र चासो’bout बुझ्न उनी चिया पसलमा पुगेकी थिइन् । भण्डारी निकटका एक नेताले पार्टीले सदस्यता नवीकरण ‘होल्ड’ गरेपछि अब कसरी अगाडि बढ्ने योजनामा उनी रहेको जनाएका छन् ।

    पूर्वराष्ट्रपति भण्डारी चिया पसलमा पुगेपछि केपी खनालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चियाको चुस्की लिँदै युवाहरूसँग संवाद गर्न पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्यू चियादानीमा पाल्नुभएकोमा हार्दिक आभार । सामान्य चिया पसलमा देशको प्रमुख कार्यभार सम्भाल्नु ुभएका पूर्वराष्ट्रपति आएर देशमै युवा, देशकै चिज प्रयोग गर्न उत्साह गर्नुभएकोमा आभारी छौँ ।’

    पूर्वराष्ट्रपति भण्डारी एउटा सामान्य चिया पसलमा चिया पिउनैका लागि नपुगेको बताइन्छ । खासमा उनी युवाहरूसँग जोडिन खोजेकी छन् । भण्डारी निकट एक नेताले भने, ‘सक्रिय राजनीतिमा आउन लागेका व्यक्तिले अहिलेको समस्या, अवस्था र त्यसको समाधानका ’boutमा समेत बुझेर अगडि बढ्नका लागि उहाँ चियापसलदेखि राजनीतिक भेटघाटमा हुनुहुन्छ ।’

    राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij