आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चितुवा नियन्त्रणमा लिन माग गर्दै प्रशासन घेराउ

  • प्रकाशित मिति : सोमवार, भदौ २, २०८२



  • गुलरिया(बर्दिया)। शुक्रबार साँझ चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका वडा नं १२ भैसाहीमा धान गोड्दै गर्दा ४३ वर्षीया जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आक्रोसित भएका छन्। स्थानीयबासीले चितुवालाई नियन्त्रणमा लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन्।

    चितुवा नियन्त्रणमा नलिँदा सम्म शव नबुझ्ने मृतकका आफन्तीले अडान लिएका छन्। फेरी पनि अर्को घटना हुन सक्ने भएकोले चितुवा नियन्त्रण लिनुपर्ने गुलरिया नगरपालिका वडा नं १२ की वडा सदस्य भावना चौधरीले बताए।

    पीडित परिवार र स्थानीयको विरोध पछि पीडित पक्ष र जिल्ला प्रशासन कार्यालय विच सहमती भएको छ। डिभिजन वन, सुरक्षा निकाय, सामुदायीक वन र स्थानीय तहले समन्वयत्मक रुपमा सुरक्षा व्यवस्था मिलाउने, चितुवा नियन्त्रणको लागि आवश्यक्ता अनुसार खोर राख्ने, पीडित परिवारलाई व्यवस्था भए अनुसार राहत उपलब्ध गराउने लगाएतको सहमती भएको वडाध्यक्ष रामकुमार थारूले बताए।

    समस्याग्रस्त चितुवालाई तत्काल नियन्त्रणमा लिई जिउज्यानको सुरक्षा गरिनुपर्ने, मृतक परिवारलाई कानुनबमोजिम क्षतिपूर्तिको व्यवस्था, चितुवा नियन्त्रणमा लिन १० वटा केजको व्यवस्था, चितुवा नियन्त्रण नलिएसम्म शव नलिने लगायतका माग उनीहरुले राखेका थिए।

    जिल्ला प्रशासन कार्यालयमा सहमती भएपनि पीडित परिवारले भने शव जिम्मा लिएका छैनन्। जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार काम सुरु गरेमा शव बुझ्ने पीडित पक्षले बताएका छन्। शव पोष्टमार्टम गरि बर्दिया अस्पतालमा राखिएको छ।

    नजिकैको सामुदायिक वनमा बसेर गाउँमा चितुवाले आतंक मच्चाएको भन्दै पटक पटक डिभिजन वन कार्यालय बर्दियामा खबर गर्दा समेत वेवास्ता गरेको कारण मानिस माथि चितवाले आक्रण गरेको स्थानीयले आरोप लगाएका छन्।अहिले पनि नजिकैको सामुदायीक वनमा चितुवा घुमिरहेको उनले बताए।

    यस अघि बबई नदीको छेउमा पर्ने गुलरिया नगरपालिका वडा नं ५मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij