शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : बिहिबार, भदौ १२, २०८२



  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका हुन्।

    साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।

    जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका हुन्।

    पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको प्रवक्ता अवस्थीले जानकारी दिए।

    उनका अनुसार पाँडेलाई आजै (बुधबार) म्याद थप गर्ने तयारी गरिएको थियो। तर समय ढिलाइ भएकाले म्याद थप्ने प्रक्रिया बिहीबार मात्र हुने भएको छ।

    पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij