प्रकाशित मिति : बिहिबार, भदौ १२, २०८२
काठमाडाैं । कैलालीको खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर ४ जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–९, शेहरीको झुलोंगे पुल नजिक खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवाहरु मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले धनगढीका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेको जनाएको छ ।
खोलामा पौडी खेल्ने क्रममा ७ जना किशोर मध्ये ४ जना वेपत्ता भएकोमा मृत अवस्थामा फेला परेको प्रहरीले बताएकाे हाे । उनीहरु बिहीबार करिब २ बजेतिर खुटिया खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
३ जना किशोरको भने सकुशल उद्दार गरिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij