आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आजदेखि गौरा पर्व शुरु, बिरुडा भिजाएर मनाइँदै

  • प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०८२



  • काठमाडौं । आजदेखि पश्चिम नेपालको महत्त्वपूर्ण पर्व गौरा शुरु भएको छ। यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच प्रकारका गेडागुडी भिजाएर राखिएको छ। यसरी गेडागुडी भिजाउने कार्यलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ।

    बिरुडालाई भाद्र शुक्ल अष्टमीका दिन भगवतीलाई प्रसादका रूपमा चढाइन्छ र भक्तजनलाई पनि बाँडिन्छ। यस पर्वमा कुश, काँस, सामा, तीतेपाती र अपामार्गजस्ता वनस्पतिहरू मिलाएर देवीको मूर्ति बनाइन्छ, जसलाई गाउँका नायकले गाउँको सफा घरमा भित्र्याउने परम्परा छ।

    यस वर्षको गौरा पर्वलाई अँध्यारी गौरा पनि भनिन्छ, किनकि यो कृष्ण पक्षमा मनाइँदैछ। सुदूरपश्चिम र मध्यपश्चिमका मानिसहरूले उमा महेश्वरसहित दुबोको पूजा गरेर यो पर्व मनाउँछन्। दुई–तीन दिनसम्म पूजा गरिसकेपछि देवीलाई नदी वा जलाशयमा लगेर विसर्जन गरिन्छ।

    देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीका अनुसार, सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई स्वामी पाउनका लागि तपस्या गरेको सम्झनामा यो पर्व शुरु गरिएको हो। सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा मात्र गौरा पर्व मनाउनुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ। देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा गौरा विशेषगरी महिलाहरूले मनाउने गर्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij