आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

देउवा र ‘प्रचण्ड’ निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध

  • प्रकाशित मिति : आइतवार, भदौ २९, २०८२



  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ।

    बुढानीलकण्ठस्थित देउवा निवासमा भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेन जेड आन्दोलनका क्रममा जेन जेडकै एक समूहले तोडफोड र आगजनी गरेको थियो । आन्दोलन भएको करिब पाँच दिनपछि उक्त घरलाई कसैले नदेखुन् भनेर जस्ताको पाताले तारबार गरिँदै छ ।

    देउवाको घरमा काम गरिरहेका एक कामदारका अनुसार, ‘देउवा निवासमा नेपाली आर्मी खटिएको छ। त्यहाँ अहिले कुनै पनि मानिसहरूलाई प्रवेश गर्न दिएको छैन । हेर्ने निहुँमा मानिसहरूले सामान लिएर गएका कारण अहिले तारबार गरिँदै छ । भित्र जलेर केही पनि छैन । भएको सामानलाई संरक्षण गरिरहेका छौँ ।’

    देउवाको घरको संरक्षणमा आफन्त र नेपाली आर्मी रहेको ती कामदारको भनाइ छ । तर आफन्त र सुरक्षाकर्मीको नाममा पार्टीका कार्यकर्ताहरूले लोभका कारण जान नदिएको त्यहाँ हेर्न आएका मानिसहरूको आरोप छ ।

    जेन जीको आन्दोलन पहिलो १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलनरत जेन जेडले दोस्रो दिन बिहानैदेखि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।

    आगजनी गरेको भोलिपल्टदेखि नै सर्वसाधारण केही ‘पैसा, सुन चाँदी’ वस्तु पाइन्छ कि भनेर खोज तलासी गर्न नेताका जेलेका घर धाइरहेको सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइएको थियो । यद्यपि उक्त क्रम अझै रोकिएको छैन । देउवाको निवास हेर्न सामाखुसी, महाजगञ्ज लगायतका ठाउँबाट ट्याक्सी बुक गरेर समेत आइरहेका छन् ।

    यस्तै, खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को निवासमा पनि प्रवेश निषेध गरिएको छ। प्रचण्डका आफन्तहरूले नै घरको गेड नै सिल गरेर प्रवेश निषेध गरेको स्थानीयको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij