सागर ओली,घोराही दाङ। दाङको घोराहीमा नवदुर्गा पुजाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आथित्यमा एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ताको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको कार्यक्रम, समितिका अध्यक्ष विष्णुकुमार गुप्ताको अध्यक्षतामा भएको थियो ।
यो पुजा घोराही उपमहानगरपालिका वडा नम्बर १४ गुज्रीबजार दुरसंचार कार्यालय अगाडि भएको हो।
नवदुर्गा पूजा समितिले यो पुजा घोराही उपमहानगरपालिका वडा नम्बर १४ गुज्रीबजार दुरसंचार कार्यालय अगाडि गणेशटोलमा नवदुर्गा पूजा समितिले गरेको हो।
सो अवसरमा देवी दुर्गाको मूर्ति अनावरण, आरति, भजन कीर्तन र आध्यात्मिक प्रवचन गरिएको थियो । अन्तर्राष्ट्रिय आध्यात्म गुरु डा. चिन्तामणिनाथ योगीले आध्यात्मिक प्रशिक्षण दिनुभएको थियो । नवदुर्गा पूजा असोज १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । कथावाचक पं. कोमल उपाध्यायद्वारा कथा वाचन र गुरु कृष्णप्रसाद पोख्रेलबाट दैनिक नित्य पूजा हुनेछ ।
समितिका उपाध्यक्ष राजकुमार गुप्ता (रज्जु) को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव महेश गुप्ताले गर्नुभएको थियो ।
दाङमा सबैभन्दा पहिला सुरुवात गरिएको २०५२ सालमा संस्थापक अध्यक्ष राम दयाल गुप्ताको पालादेखि यो पुजाको सुरुवात गरिएको थियो ।