आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डा.रेग्मीको‘मुटुका कुरा’सार्वजनिक हुँदै, सबैका लागि उपयोगी हुने दाबी

  • प्रकाशित मिति : बिहिबार, अशोज ९, २०८२



  • काठमाडौं। मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’नामक नयाँ पुस्तक आज सार्वजनिक हुँदैछ।

    उनले आफ्नो १३ औं पुस्तकका रुपमा ‘मुटुका कुरा’नामक पुस्तक आज एक समारोहकाबीच सार्वजनिक गर्न लागिएको जानकारी दिएका हुन्।

    त्यस्तै उनको अनुसार पुस्तकमा ६१ वटा निवन्धहरु समावेश गरिएको छ जसले मुटुको विषयमा मानिसले राख्ने जिज्ञासा र सोधिने प्रश्नको उत्तर दिने जमर्को गरेको छ। यति मात्र होइन समग्र स्वास्थ्यलाई राम्रो राख्न ,खुसी र सुखी हुनको लागि चाहिने विषयबस्तु समेत पुस्तकमा समावेश छ।

    ‘मेरो १३ औं पुस्तक विमोचन हुँदैछ। यसमा मैले मुटुका बारेमा धेरै कुराहरु लेखेको छु। ६१ वटा निबन्धहरु छन्। ६१ वटा निवन्धहरुबाट मानिसहरुलाई मुटुको बारे जिज्ञासा, मुटु रोगीहरुले सोध्ने प्रश्नहरु र मानिसलाई मुटु स्वस्थ राख्नको लागि साथै समग्र स्वास्थ्यलाई राम्रो राख्न ,खुसी र सुखी हुनको लागि के चाहिने रहेछ भन्ने कुर पुस्तकमा समेटेको छु,’ उनले भने।

    डा. रेग्मी पुस्तकमा मुटु कहाँ छ ? महिला र पुरुषको मुटुमा भिन्नता छ कि छैन् ? मुटुका रोगका लक्ष्यणहरु जस्ता व्यवहारिक कुराहरु पनि पुस्तक मार्फत जानकारी दिन कोशिस गरेको बताउँछन्।

    ‘यसमा एकदमै व्यवहारिक कुराहरु पनि छन्। जस्तै मुटु कहाँ छ देखि लिएर महिला र पुरुषको मुटुमा भिन्नता छ। यस बारेमा कुरा गरेको छु। मुटुका रोगका लक्षणहरुको कुरा गरेको छु। मुटु फेल हुने कारणहरु समावेश गरेको छु, ’उनले भने

    औषधि सेवन गर्दाका फाइदा र बेफाइदाका कुराहरुपनि पुस्तकमा समावेश भएको उनले सुनाए।

    ‘कतिपय मान्छेहरु रक्सी खानुहुन्छ र सँगै औषधि पनि खानुहुन्छ। अब औषधि र रक्सीका बारेमा वा चुरोटका बारेदेखि आध्यात्मिक चिन्तन, योगले मुटुलाई कस्तो असर गर्छसम्म कुराहरु समावेश छन्,’ उनले जानकारी दिंदै भने।

    मानिसलाई दैनिक जीवनमा चाहिने कुराहरु मुटुका कुरा पुस्तकमा समावेश गरिएको हुनाले सबैको लागि पढ्न उपयोगी हुने उनको दाबी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij