आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध सडक छिटै सुचारू हुन्छः मन्त्री घिसिङ

  • प्रकाशित मिति : आइतवार, अशोज १९, २०८२



  • काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशैभरीका अवरुद्ध सडक तत्काल सुचारु गराउने बताउनुभएको छ ।

    उहाँले सिंहदरबारमा आइतबार बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिकाे बारेमा पत्रकार सम्मलेन मार्फत यस्ताे बताउनुभएकाे हाे । बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयाे।

    मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएकाे छ। उहाँले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताउनुभयो ।

    मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाइसकेको समेत बताउनुभएकाे छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij