प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०८२
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने कराते विश्व च्याम्पियनसिपमा नेपालबाट दुई जना खेलाडीले खेल्ने पक्का भएको छ।
यसअघि छनोटमा पराजय हुन पुगेकी नेपालकी कराते स्टार एरिका गुरुङले च्याम्पियनसिप खेल्ने पक्का भएको हो।
विश्व कराते महासंघले एरिकालाई पहिला ६८ केजीमा स्थान दिइएको नेपाल कराते महासंघलाई पत्र पठाएको छ। छनोट पार गर्न नसके पनि उनलाई युनिभर्साली कोटाबाट स्थान दिइएको हो।
एरिकाले गत महिना मात्र मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज एमा स्वर्ण जितेकी थिइन्। एरिका सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदको ऐतिहासिक रजत विजेता खेलाडी समेत हुन्।
यसअघि महिला काता सानुमाया थिङ पनि यहिँ कोटाबाट छनोट भएकी थिइन्। सानुमायाले कातामा विश्वभरका ३२ खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij