आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दोलखामा हिम-पहिरोमा परी २ नेपालीसहित ३ जनाको मृत्यु, ८ बेपत्ता

  • प्रकाशित मिति : सोमवार, कार्तिक १७, २०८२



  • काठमाडौं । दोलखाकाे रोल्वालिङ उपत्यकास्थित यलुङ रि-हिमालमा गएको हिम-पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ।

    साेही हिम-पहिरोमा परी ८ जना बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे हाे। नेपाली गाइडसहित साेमबार बिहान सोही हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो। साेमबार बिहान साढे १० बजे हिम-पहिरो गएको थियो ।

    प्रहरी मृत्यु हुनेमा एक विदेशी र २ जना नेपाली नागरिक रहेकाे बताएकाे छ। प्रतिकूल मौसमका कारण हेलिकाेप्टर जान नसकेको प्रहरीले बताएकाे हाे। साेही स्थानमा उद्धारका लागि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    रोल्वालिङ हिमक्षेत्रको यलुङ बेस क्याम्प भन्दा माथिको भेगमा साेही घटना भएको प्रहरीले बताएकाे हाे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij