आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निरंकुश सत्तालाई खरानी बनाएर जेनजीले गुण लगाएको विप्लवको टिप्पणी

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०८२



  • काठमाडौं  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका छन्

    बिहीबार काठमाडौंमा आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै उनले अहंकारी सत्तालाई र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर, आगोलाई खरानी बनाइदिएर जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएको बताएका हुन्

    उनले भने, ‘जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् नेपालको राज्यसत्ता अन्धो थियो, राज्यसत्ता बहिरो थियो, राज्यसत्ता निरंकुश थियो, राज्यसत्ता मुर्ख बन्दै गएको थियो जनताविरुद्धमा तानाशाही बन्दै गएको थियो हाम्रा जेनजीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी सत्ता एवम दलालहरु र संसद्लाई उठ्नै नसक्नेगरी थला पारेर आगोमा खरानी बनाइदिए म ति शहीद र तिनका परिवारलाई सम्मान गर्न चाहन्छु

    जनयुद्धमा रगत बगाउने सर्वहाराको अपमान, त्यसको बेवास्ता गरिएको र स्वार्थको लागि संसदमा र्र्याल कारिरहेको बेला जेनजी आन्दोलन भएको उनको भनाई छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij