आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफताब आलमको निधनले काँग्रेस दुखी : तिन दिनसम्म झन्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

  • प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०८२



  • वीरगञ्ज । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलवार बिहान साढे ११ बजेसम्मका लागि सारिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, काँग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति ६३ वर्षीय मोहम्मद अफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी शनिवारको बैठक सकिएको छ ।

    यसअघि आइतबार बिहान ११:३० बजे बस्ने भनिएको बैठक अब यही कात्तिक २५ गते मङ्गलवार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

    शनिवारको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्ला तहका सबै पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । साथै, शनिवारदेखि तीन दिनसम्म यी कार्यालयहरूमा झन्डा आधा झुकाउने र स्वर्गारोहणको १३ औँ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

    काँग्रेस रौतहटका पूर्व सभापति आलमको गए राति काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो । नेपाली काँग्रेसले आलमको निधनलाई पार्टीका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

    २०६४ चैत २७ गते संविधानसभा निर्वाचन पूर्व सन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपूत र ओसी अख्तरलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा रौतहट जिल्ला अदालतले २०८१ वैशाख १४ गते जन्मकैदको सजाय सुनाएको थियो । घटनाको १२ वर्षपछि २०७६ असोजमा पक्राउ परेका आलमलाई २०८२ जेठ १४ गते उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) ले सफाइ दिएको थियो। कारागारमुक्त भए लगत्तै स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij