आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित, बलियो शक्ति निर्माणको नयाँ यात्रा सुरु गरेको दाबी

  • प्रकाशित मिति : बुधबार, कार्तिक २६, २०८२



  • काठमाडौं । नेकपा एमाले त्यागेका भीमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। एमाले त्यागेर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका रावल आज औपचारिक रुपमा साँत बुँदे सहमति गर्दै प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।

    सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ।

    सहमति अनुसार दुवै पक्षले आगामी  महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारी आपसी सहमतिमा तोक्ने र पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन पनि आपसी सहमतिमा तयार पार्ने उल्लेख छ।

    हस्ताक्षरपछि रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माणका लागि नयाँ यात्रा सुरु भएको बताएका छन्। हामीले अब संगठनलाई अझ सबल र जनमुखी बनाउने संकल्प गरेका छौं। पहिले प्रतिक्रियावादीहरूले आफ्ना स्वार्थका लागि हाम्रो पार्टी विभाजन गराएका थिए। त्यसबेला हामी भारी मनले छुट्टिएका थियौं। तर, आज फेरि एउटै छातामुनि फर्किएका छौं त्यो विछोडको घाउमा अब मलहम लागेको अनुभूति भइरहेको छ,’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij