आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा शरणार्थीहरुको लागि नयाँ नियम लागू

  • प्रकाशित मिति : आइतवार, कार्तिक ३०, २०८२



  • काठमाडौं ।बेलायतमा शरणार्थीको रुपमा बस्दै आएका व्यक्तिहरुले स्थायी बसोबासका लागि आवेदन दिन २० वर्ष कुनुपर्ने भएको छ ।

    बेलायतको गृह मन्त्रालयले परिमार्जन गर्न लागेको शरणार्थी स्थायी बसोबास सम्बन्धी नियममा यस्तो ब्यवस्था गर्न लागेको हो ।

    शरणार्थी सम्बन्धी स्थायी बसोबास सम्बन्धी नियम गैरकानुनी बेलायत प्रवेश गर्ने मानिस रोक्नका लागि ल्याउन लागिएको हो । हाल बेलायतमा पाँच वर्ष अस्थायी रुपमा बसोबास गरेकाहरुले स्थायी बसोबासका लागि आवेशन दिन पाउने व्यवस्था छ ।

    नयाँ नियम अनुसार २० वर्ष बेलायत बसेकाहरुको सरकारी अधिकारीले समिक्षा गरेपछि मात्र स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन ।

    अस्थायी बसोबास गर्नेहरुले बेलायतको नियम नमानेमा वा उ जन्मेको देशमा कुनै प्रकारको समस्या नभएमा फिर्ता पठाइने बताइएको छ । बेलायतमा पछिल्लो समय गैरकानुनी रुपमा प्रवेश गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij