आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई तत्काल पदमुक्त गर्न रक्षा बमको माग

  • प्रकाशित मिति : सोमवार, मंसिर ८, २०८२



  • काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावाद कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।

    स्वकीय श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित आफन्तलाई भर्ती गरेर गलत गर्नुका साथै परिवर्तनको लागि बगेको रगतको अपमान भएको बताएकी हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा बमले लेखेकी छन्, ‘संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हाबी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ ।’

    उनले जेनजी आन्दोलन ‘पारदर्शिता र जबाफदेहिता’ मूल मागमध्येको एक भएको भन्दै नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जबाफदेही हुनैपर्नेमा त्यसो हुन नसकेको बताएकी छन् ।

    ‘आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस्।नागरिक सरकार सीमित व्यक्तिहरूको चङ्गुलमा फस्नुहुँदैन । सरकार बेलैमा सचेत होओस्’, बमले भनेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij