शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : शनिबार, मंसिर १३, २०८२



  • मेष : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। नाफामुखी क्षेत्रमा लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। अरुलाई खराब भन्नुभन्दा आफूले आफ्नो बानीमा सुधार गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    वृष : दिन सहज छ। परिवारको साथ मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

    मिथुन : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। बोलीले व्यवहारमा समस्या हुने जोखिम छ। हरेक कामका लागि स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। खानामा अरुचि बढ्नेछ। परिवारसँगको सम्बन्ध दरिलो बन्ने योग छ।

    कर्कट : दिन सामान्य छ। साना कुरामा झन्झट बढ्नेछ। साथीले साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। व्यापारमा तपाईंको दिन सहज रहेको छ। परिवारको साथ मिल्नेछ।

    सिंह : दिन सहज छ। निजी वा एक्लो प्रयासले गरेका काम सहजै बन्नेछन्। साथीले दिएको सल्लाह खराब हुनसक्ने भएकाले सचेत बन्नुपर्नेछ। आज एकल निर्णय तपाईंका लागि फलदायी हुनेछ। गणेशको पूजा गरेर सुरुवात गरेमा दिन सहज बन्नेछ।

    कन्या : दिन सहज छ। दाजुभाइसँगको परामर्शमा गरेको निर्णयले सफलता प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। मन शान्त हुनेछ।

    तुला : सोचेका काम बन्नेछन्। मनमा खुशी मिल्नेछ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने शैली परिवर्तन गर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

    वृश्चिक : दिन सामान्य छ। साना कुरामा ठुलो झन्झट हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट नाफा हुनेछ। परिवारमा साना कुरामा मनमुटाव हुनसक्छ। बिहान गणेशको चिन्तन गरेमा दिन सहज बन्नेछ।

    धनु : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। राज्यको नोकरीमा भए बढुवा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : दिन सहज छ। स्वास्थ्यले साथ दिएको छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सबै काम सहजै बन्नेछन्।

    कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा देखिएका विकल्पबाट मन खुशी हुनेछ।

    मीन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij