बिनिता शर्मा,काठमाडौ / AIGP शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यमा भीड नियन्त्रण तथा व्यवस्थापन नमुना प्रदर्शनी कार्यक्रम भएको छ ।
राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औँ समूह पाठ्यक्रममा समावेश भए बमोजिम भीड नियन्त्रण तथा व्यवस्थापन नमुना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख आतिथि AIGP शाहले प्रशिक्षार्थीहरूलाई नेपाल प्रहरीलाई आन्तरिक सुरक्षाको जिम्मेवारी सैवधानिक तथा कानुनी दायित्वको रुपमा रहेको र दङ्गा तथा भीड व्यवस्थापन सोही दायित्वको एक महत्वपूर्ण जिम्मेवारी रहेको र सो सम्बन्धमा नेपालको संविधानले मौलिक हकको रुपमा प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई समेत ध्यानमा राखी भीड व्यवस्थापन गर्नु पर्ने, विशेषत ग्राउण्ड कमाण्डरको भुमिकामा रहने प्रहरी निरीक्षकको एक निर्णयले सम्पूर्ण घटना क्रमलाई सकारात्मक वा नकारात्मक दिशा तर्फ मोड्न सक्ने हुँदा प्रशिक्षार्थीहरुलाई प्रदान गरिएको हो।
सैदान्तिक शिक्षा तथा व्यवहारिक अभ्यासद्वारा तथ्यमा आधारित विवेकपूर्ण निर्णय, नागरिकमैत्री कार्यशैली, आवश्यकताको आधारमा संयमित र समानुपातिक बल प्रयोग र वैधानिक प्रक्रिया प्रति अविचलित प्रतिबद्धता सहित भीडलाई नियन्त्रण भन्दा व्यवस्थापन गर्नु हुनेछ भन्ने अपेक्षा समेत व्यक्त गर्नु भएको थियो ।