आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै

  • प्रकाशित मिति : सोमवार, पुस ७, २०८२



  • काठमाडौं। जेनजी मिराज ढुंगाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ। ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ।

    सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ। आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन्। वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ।

    उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन। समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन। सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ। यस्तो सरकार देखिएको थिएन।’

    उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए। ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न उठाउँदै भने, ‘कसको छातीमा बसेर तपाईं प्रधानमन्त्री बन्नुभयो ? देशलाई निकास दिनुहुन्न, स्थिरता दिनुहुन्न, आठ तारिखमा विद्रोह भएको अवस्था र अहिलेको अवस्था उस्तै छ, झन् गम्भीर बनेको छ।’

    उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ ? जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य हुँदैन।’

    ढुंगानाका अनुसार जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधारसहित राज्यको पुनःसंरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन्।

    त्यसैगरी दिगो विकास र समृद्धिका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसम्मत सुधार प्रक्रिया तय गर्नुपर्ने माग पनि उनले अघि सारे।

    आन्दोलनका क्रममा आफ्ना माग राखेकै आधारमा जेनजी अभियन्तामाथि लगाइएका मुद्दा खारेज गर्न, पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न उनले सरकारसँग माग गरे।

    जेनजी जनआन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन, घातक दमन तथा युवाको हत्या घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनले बताए। साथै आन्दोलनमा घाइते भएकाको उचित उपचार, क्षतिपूर्ति र भरपोषणको व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

    ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij