आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हेटौंडामा आइतबारदेखि सडक खाना महोत्सव

  • प्रकाशित मिति : शनिबार, पुस १२, २०८२



  • हेटौंडा / हेटौंडामा १२ औं सडक खाना महोत्सव आइतबारदेखि हुने भएको छ ।

    मकवानपुर होटल एसोशिएसनले आइतबारदेखि हेटौंडा उपमहानगरपालिका-४ हुप्राको चौरस्थित सडकमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।

    ‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ होटल एसोशिएसन मकवानपुरले ११ वर्षदेखि निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको छ । सडक खाना महोत्सव पुस १६ गतेसम्म दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म संचालन हुने आयोजक जनाएको छ ।

    महोत्सवमा सांस्कृतिकदेखि आधुनिक किसिमका विभिन्न खानाका परिकार बिक्री गरिने छ । मनोरञ्जनका लागि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारले प्रस्तुति गर्ने छन् ।

    महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् । एउटा स्टल राख्न ४ दिनको १० हजार रुपैयाँ शुल्क लाग्नेछ । खाद्य सामग्रीको शुद्धतामा विशेष ध्यान दिने र व्यवसायीलाई दैनिक फोहोर व्यवस्थापन गर्न लगाइने आयोजकले जनाएको छ । खानाको मेनु प्रत्येक स्टलमा अनिवार्य राख्नु पर्नेछ ।

    महोत्सव व्यवस्थापनमा १५ लाख ७२ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । स्टलबाट ७० देखि ८० लाखसम्म व्यापार हुने अनुमान गरिएको छ । महोत्सवमा ३० देखि ४० हजार अवलोकनकर्ता आउने आयोजकले जनाएको छ ।

    महोत्सव अवधिभर आपतकालीन अवस्थाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा एम्बुलेन्स र हेटौंडा उपमहानगरपालिकाद्वारा दमकलको व्यवस्था गरिएको छ । यसैगरी, मकवानपुर सहकारी अस्पतालका टोलीले आकस्मिक उपचार सेवा प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij