आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मधेश प्रदेशमा ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना : निर्वाचनको तयारी तीव्र गतिमा छ : DIGP गोबिन्द थपलिया

  • प्रकाशित मिति : बिहिबार, माघ १, २०८२



  •     बिनिता शर्मा,काठमाडौ ।   मधेश प्रदेशमा ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना  गरिएको छ ।
    आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सम्बन्धित निकायहरुले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छन् ।
    निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ । देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पुस २५ गतेदेखि नै सुरु भइसकेको छ ।
    मधेश प्रदेशमा पनि निर्वाचन प्रहरीको भर्ना सुरु भएको पहिलो दिनदेखि नै भर्ना गराउन आउनेहरुको भीड थामी नसक्नु रहेको देखिएको छ ।
    मधेश प्रदेशका प्रमुख प्रहरी DIGP गोबिन्द थपलियाका अनुसार मधेश प्रदेशमा ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिने छ ।
    जसमध्ये धनुषामा सबैभन्दा बढी ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने छ भने सप्तरीमा ४ हजार २२२, बारामा ४ हजार ३४, महोत्तरीमा ३ हजार ९१२ सर्लाहीमा ३ हजार ९२६, रौतहटमा ३ हजार ८५१, सिरहामा ३ हजार ७५७ र पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ ।
    भर्ना सुरु भएको पहिलो तीन दिनमै आठवटै जिल्लाबाट १७ हजार ६ सय १० जनाले निर्वाचन प्रहरीमा भर्नाका लागि आवेदन दिएको DIGP थपलियाले जानकारी दिनुभयो । प्रत्येक दिन आवेदन दिनेको संख्या बढ्दै गएको  छ ।
    उनका अनुसार आवेदन दिनेको संख्या आवश्यक भन्दा बढी हुन जाने भएपनि निश्चित मापदण्ड पूरा गर्नेहरुको मात्र भर्ना गरिनेछ । आवेदन दिने व्यक्तिको सीआरएस चेक, मेडिकल चेक र शारीरिक दुरुस्तता चेक भएर सबैमा पास हुनेहरुले मात्र नियुक्ति पाउने DIGP थपलियाले बताउनुभयो ।
    धनुषामा पहिलो तीन दिनमै माग भन्दा बढी आवेदन आएको उनले बताए । दैनिक २ हजार जतिको नयाँ आवेदन दिनेहरु आइरहेको उनले जानकारी दिए । आवेदन दिनेहरुमा अधिकांश पुरुष रहेको DIGP थपलियाले   बताउनुभयो ।
    निर्वाचन प्रहरीले नेपाल सरकारले तोके बमोजिम ४० दिनको तलब भक्ता र काम गर्ने क्रममा प्रयोग गर्न दिइएको पोशाक, लाठी लगायतका सामानहरु पनि पाउने DIGP थपलियाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij